अपडेट 
२०७९ पुष २१, बिहीबार ०८:०४

नेपाल पिछडावर्ग महासंघ (ओबिसी) ले अध्यक्ष गजेन्द्र ठाकुरलाई निलम्बन गरेको छ ।

अध्यक्ष ठाकुरले महासंघको निर्णय विपरीत मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएकोले उनलाई निलम्बन गरिएको छ । महासंघका महासचिव बबिता देवी, सचिव महेन्द्र महतो र केन्द्रीय प्रवक्ता शशी कुमार महतोलगायतले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी अध्यक्ष ठाकुरलाई बहुमत सदस्यको बैठकबाट निर्णय गरी निलम्बन गरिएको जानकारी दिएका छन् । प्रदेशसभा सदस्य पदको निर्वाचन अन्तर्गत चुनावी गतिविधिमा अध्यक्ष ठाकुरले संस्थाको लोगो र झण्डा प्रयोग गरेको कुरा उनको फेसबुक पेजबाट पुष्टि भएको महासचिव बबिता देवीले बताइन् ।

त्यस्तै पुस २२ गते काठमाण्डुको अनामनगरमा हुने भनिएको महासंघको साधारणसभा समेत स्थगित गरिएको उनले बताए । उनले आगामी माघ ६ र ७ गते जनकपुरधाममा महासंघको विशेष महाअधिवेशन हुने जानकारी दिए।

Comment

Related News

Latest News

Trending News