अपडेट 
२०७९ पुष २१, बिहीबार ०८:०८

जनकपुरधामको श्रीराम युवा कमिटी (बौद्धिमाई मन्दिर) छेउमा रहेको अग्निकुण्ड रामसागर पोखरीको सौन्दर्यकरण कार्यको शिलान्यास गरिएको छ ।

बुधवार वैदिक परम्परा अनुसार जनकपुरधाम उप– महानगरपालिकाका प्रमुख मनोजकुमार साहले सौन्दर्यकरण कार्यको शिलान्यास गरेका छन् । सोका लागि शहरी विकास कोष अन्तर्गत पर्ने संघीय विकास मन्त्रालयले रु दुई करोड ६३ लाख ५६ हजार नौ सय १३ बजेट विनियोजन गरेको छ । वि.सं २०८० जेठ २५ गतेसम्म सागरको घाट निर्माण तथा सौन्दर्यकरणको काम सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News