अपडेट 
२०७९ पुष २१, बिहीबार ०८:२८

धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–२ का ४० वर्षीय धनुखधारी दासलाई हत्या गर्न उनका २१ वर्षीय छोरा प्रदीप दासले पाँच लाखको सुपारी दिएको खुलेको छ ।

बुधबार धनुषा प्रहरीले सो तथ्य बताउँदै उनको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक समेत गरेको छ । हत्यामा उनका छोरा प्रदीप, ज्वाँई (प्रहरी हवल्दार) महोत्तरी पिपरा गाउँपालिका– ५ सहोडवाका ३४ वर्षीय उदय दास र सुटर नगराइन नगरपालिका– २ का रञ्जित कुमार यादवलाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । मृतक बुबाको किरिया बसेको छोरा प्रदीपलाई घरबाट, प्रहरी हवल्दार उदयलाई डिउटीमै खटिएको बेला र सुटर यादवलाई जटहीबाट पक्राउ गरेको थियो । घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान जार ीरहेको बताइएको छ । पुस ९ गते उनको हत्या भएको थियो । दास हत्याको मुख्य योजनाकार उनको छोरा प्रदीप रहेको प्रहरी अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । उनका अनुसार सुटर रञ्जित सेवाग्राही बनेर उनको हत्या गरेका थिए । परिवारिक कलहका कारण प्रदीपले आफ्ना भिनाजु उदय दाससँग मिलेर तीन महिना पहिले नै हत्याको योजना बनाएको समेत अनुसन्धानबाट खुलेको छ । उदय प्रहरी हवल्दार छन् । उनी मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत थिए ।

सुटर रञ्जितलाई मृतक दासका छोरा प्रदीप र ज्वाँई उदयले घटनाको एक महिना पूर्व एक लाख रुपियाँ दिएको अनुसन्धानबाट खुलेको छ । सुटर रञ्जितले दुई लाख दश हजार उदय मार्फत बुझेका छन् । बाँकी पैसा पछि दिने उनीहरुबीच सहमति भएको थियो । पक्राउ परेकाहरुसँग प्रहरीले कटुवा पेस्तल एक थान, दुई राउण्ड गोली, अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जीन दुई थान र आठ राउण्ड गोली समेत बरामद गरेको छ । घटनामा मृतक दासको छोरा चढ्ने मोटरसाइकल प्रयोग भएको बताइएको छ । यद्यपि मोटरसाइकल भने अझै पनि फेला परेको छैन । मृतक दास मोटर (पम्प) मरम्मत गर्ने मिस्त्री थिए । केही दिनदेखि उनी घरमै ग्यास पसल सञ्चालन गर्दै आएका थिए । सोही पसलमा पुगेर उनले कुराकानी गर्दा– गर्दै गोली हानी फरार भएका थिए । दासले दुई वटा विवाह गरेका थिए । दास कान्छी श्रीमतीसँग बस्दै आएका थिए ।

Comment

Related News

Latest News

Trending News