अपडेट 
२०७९ पुष २१, बिहीबार १९:२०

जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशसभाको संसदीय दलको नेता शुक्रबार चयन गरिने भएको छ ।

जसपाका नेता लालकिशोर साहको नेतृत्वमा गठन गरिएको निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि तयारी गरेको हो । जनकपुरधाममा बिहीबार संसदीय दलको नेता चयनका लागि सांसदहरूको बैठक बसेको निर्वाचन समितिका संयोजक लालकिशोर साहले बताए । उनले बिहीबारको बैठकमा संसदीय दलको विधान पारित गरिएको जानकारी दिए । अब शुक्रबार दलको नेता चयन गरिने साहले बताए ।

मधेस प्रदेशमा जसपाका प्रत्यक्षतर्फका ९ र समानुपातिक ७ गरी १६ सांसद छन् ।

Comment


Related News

Latest News

Trending News