अपडेट 
२०७९ पुष २२, शुक्रबार ०७:४०

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा संसदीय दलको नेता चयनमा घमासान हुने भएकोछ । दलका नेतामा पूर्व मन्त्री जितेन्द्र सोनल र उपेन्द्र महतोले दाबी गरेका छन् ।

दलको नेता चयनका लागि शुक्रबार सांसदहरुको बैठक बोलाइएको छ । सोनल यस अघि संसदीय दलका नेता रहेका थिए । प्रदेश अध्यक्ष समेत रहेका सोनलले फेरि दलको नेतामा दाबी गरेका छन् । मधेश प्रदेश समितिका सचिव रामविनोद चौधरी (पप्पु) ले सर्वसम्मतिबाट नै सोनल फेरि नेता हुने दाबी गरेका छन् । तर सांसद उपेन्द्र महतोले मधेश प्रदेशमा पार्टीको अवस्था दयनीय हुनुको कारणहरु मध्ये सोनल पनि एक रहेको बताउँदै उनी बाहेक दलको नेता चयन हुनुपर्नेमा जोड दिए ।

सोनल बाहेकको नाममा आफ्नो समर्थन रहने बताउँदै उनले भने, तर सोनललाई नेताका लागि अगाडि सारिए उनी विरुद्ध म चुनाव लडने छु । मधेश सरकारमा सोनल साढे तीन वर्ष भौतिक पूर्वाधार विकास मन्त्री थिए । सोनल र महतो दुबै जना दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । मधेश प्रदेशमा लोसपाका जम्मा ९ जना सभासद छन् । ५ जना पक्षमा हुनेले नेता बन्ने छन् ।

Comment


Related News

Latest News

Trending News