अपडेट 
२०७९ पुष २२, शुक्रबार ०८:००

रौतहट जिल्ला अदालतबाट कैद र जरिवाना भएका ९ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालतको फैसला कार्यान्वयन गर्ने अभियानको क्रममा विभिन्न मुद्दामा कैद सजाय र जरिवाना भएका प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ईलाका प्रहरी कार्यालय राजपुर फरहदबाको टोलीले फरार रहेका ९ जनालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पक्राउ पर्नेमा १० हजार रुपैयाँ जरिवाना भएका रौतहटको राजपुर नगरपालिका वड़ा नम्बर १ का ४२ वर्षीय लालबाबु राय यादव , कुटपिट तथा अंगभंग मुद्दामा १६२ रुपैया ५० पैसा जरिवाना भएका ६० वर्षीय रामजी साह सोनार ,४८ वर्षीय रामबाबु राय यादव , गाली बेइज्जती मुद्दाका ७० वर्षीय असर्फी ठाकुर लोहार , लागत नम्बर २१६९ को लागूऔषध मुद्दामा ८ दिन जेल र २० हजार रुपैया जरिवाना भएका राजपुर नगरपालिका २ का ६० बर्षीय धनै साह तेली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक सुनील कुमार मल्लले जानकारी दिए।

लागत नम्बर ८१९ र १०० रुपैया जरिवाना भएका ५१ वर्षीय बसीर अख्तर , ६० बर्षीय सफादत्त हजाम , ७५ वर्षीय शेख शहीद र सवारी ज्यान मुद्दामा १ महिना कैद रहेको राजदेवी नगरपालिका वड़ा नम्बर २ का ४० वर्षीय उदय प्रकाश महतो पक्राउ परेको प्रहरीले जनाएको छ ।

Comment


Related News