अपडेट 
२०७९ पुष २२, शुक्रबार ०८:०९

राजनीति सम्भावनाको खेल हो। राजनीति सँधै सिधा बाटोमा हिँड्छ भने छैन्।यसले जहिले र जुनबेला पनि कोल्टो फेर्न सक्छ। राजनीतिले फेर्ने कोल्टो प्रत्याशित र अप्रत्याशित दुवै हुन सक्छ।साताअघि राजनीतिले अप्रत्याशित कोल्टो फेर्यो। बहुमत नजिक रहेको वाम–लोकतान्त्रिक गठबन्धन भत्कियो भने एमाले सहितको वाम –उदीयमान शक्तिको नयाँ गठबन्धन बन्यो। वाम –उदीयमान शक्तिको नयाँ नयाँ गठबन्धन बनेको कारण काँग्रेस सत्ता शक्तिको अभ्याँस बाट बाहिरियो र सत्ता शक्तिको अभ्यासमा एमालेको आगमन भयो।सँगै कम्युनिष्टो राजनीतिमा“कोर्स करेक्सन को संकेत देखिएको छ। बजारमा फेरि कम्युनिष्टे एकताको हल्ला चलेको छ। यसअघिको वाम–लोकतान्त्रिक गठबन्धन भत्किनु र वाम –उदीयमान शक्तिको नयाँ गठबन्धन बन्नु पछाडिको कारण जे जे भएपनि यसका मुख्यभ सुत्राधार एवं“किंग मेकर एमाले अध्य क्ष ओली नै हुन्।

देउवाको हठ र पहिलो खेपमै प्रधानमन्त्री बन्नेु प्रचण्डंको तिव्र चाहनाकाकारण ओली आफ्नो योजनामा सफल भए। १० वर्षे सशस्त्र युद्धबाट संसदीय राजनीतिमा आएका माओवादी ०६४ को संविधान सभाको निर्वाचनमा पहिलो पटक सहभागी भएको थियो। पहिलो निर्वाचनबाटै संसदको ठूलो दल बनेको थियो तर त्यस यताको निर्वाचनबाट कमजोर बन्दै आएको छ, माओवादी।०६४ देखि अहिलेसम्म आइपुग्दार माओवादीको साख गिर्दै आएको छ।यो आमनिर्वाचनबाट निकै मतान्तरसहित तेस्रो पार्टीको हैसियत पाएको हो माओवादीले । तेस्रो पार्टी भएपनि त्रिशंकु संसद रहेका कारण दाहालले प्रधानमन्त्री खोजे। नपाएपछि पुरानो गठबन्धन छोडेर नयाँ गठबन्धनमा आएर प्रधानमन्त्री बनेका छन्। ओली हरहालतमा ५दलीय गठबन्धन भत्काएर सत्ता शक्तिको बाँडफाँटमा आफु हाबि हुन खोजेका थिए।०७४ को निर्वाचनमा करिब दुई तिहाइको सफलता प्राप्तड गरेपछि ओली र दाहालले पार्टी एकता समेत गरेका थिए ।शक्ति बाँडफाँटकै विषयमा यी दुईबीच विबाद चर्किदा प्रतिनिधिसभा विघटन, नेकपा भंग र एमाले विभाजनसम्मका दुर्घटना भएको थियो । नेकपा भंग भएपछि ओली र दाहाल अलग अलग किनारामा मात्र लागेका थिएनन् ।त्यस यता यी दुई नेताबीच चर्को घोचपेच चलिरहेको थियो। ओलीलाई बालुवाटारबाट बालकोटको बार्दालीमा पुर्या ई दिएको उद्घोीष , दुई–दुई पटक सम्झदारी अनुसार सत्ता हस्तान्तरण गर्न बेइमानी गरेको आरोप लगाउने गरेका दाहाल अहिले उनै ओलीको साथ पाएका छन्। बालकोटको सोही बार्दालीबाट दाहाल बालुवाटार पुग्नग सफल भएका हुन् ।

बालकोटको बार्दालीमा वाम –उदीयमान शक्तिको नयाँ गठबन्ध तयार गरेर सत्ता शक्तिको अभ्यासमा प्रवेश गरेका ओली एमालेलाई संसदको ठूलो दल बनाउने प्रयास अगाडि बढाएका छन्। विगतको तितामिठा बिर्सेर माओवादीसँग सत्ता समिकरणमिलाएका ओली अब नेकपा एससँगको दुरि घटाउन पनि तयार भएको देखिन्छ।कारण एउटै छ संसदको ठूलो दलको नेता बन्ने र सत्ता शक्तिमा हाबि हुने ओलीको इच्छा। तर एससँग एकिकरण र त्यसपछि साँच्चिकैको कम्युनिष्टे एकता भयो भने मुलुक र जनताको लागि सुखद हुनेछ । हाम्रो निर्वाचन प्रणालीमा कुनै एउटा दलले बहुमत प्राप्त गर्न असम्भवनै नभए पनि निकै मुश्किवल छ। यस्तोमा कम्युनिष्टरहरु एउटा किनारामा र गैरकम्युनिष्टह (लोकतान्त्रिक) शक्तिहरु अर्को किनारामा लाग्नु नै राम्रो हुन्छ। यस्तो भएमा राििष्ट्रय राजनीति दुई ध्रुवमा परिणत हुनछ।अबको निर्वाचनबाट संसदमा सत्तापक्ष र प्रतिपक्ष प्रष्ट। छुट्टिएर आउछ। मुलुकले राजनीतिक स्थिरता प्राप्तु गर्छ।मुलुकले राजनीतिक स्थिरता प्राप्त गर्नु भनेको आर्थिक प्रगति र समृद्धिको बाटोमा अगाडि बढनु हो।मुलुकको अहिलेको आवश्यतकता राजनीतिक स्थिरता नै हो । हामिले ०५१ देखि त्रिशंकु संसद झेल्दै आएका छौं। नेपालमा राजनीतिक दलको संख्या धेरै भयो। पुराना ससाना दलहरु बिलय हुने र नयाँ दलहरु उदय हुने क्रम पनि जारीनै छ।सत्ताका लागि दलहरुले राजनीतिकानाममा खेल्ने र खेल्न सक्ने तिकडमबाट नेपाली नागरिक अनजान छैनन्। त्रिशंकु संसदमा चल्ने भनेकै अनेक तिकडम हो। अब आउने संसदलाई त्रिशंकु संसद बन्न नदिन पनि कम्युनिष्टा र गैरकम्युनिष्टनहरुबीच राजनीतिक ध्रुविकरणको आवश्यसकता छ ।

निर्वाचनमा भाग लिने र संसदमा सहभागि हुने राजनीतिक दल धेरै भएपछिसंसदलाई निकास दिन निर्वाचन पूर्व वा निर्वाचन पश्चाात एक अर्काको आवश्यदकता अनुसार दलहरुबीच गठबन्धन हुनुपर्छ। त्यसरी भएको गठबन्धनले संसदलाई निकास दिन र निश्चिचत अबधिसम्म टिक्न पनि सक्नुपर्छ। तर हाम्रा दलहरु एउटा गठबन्धन गरेर निर्वाचनमा भाग लिन्छन् । निर्वाचनको परिणाम आएपछि सत्तामा जान अर्कै गठबन्धनमा पुग्छधन्। भाग नपाउदा र कुरा नमिल्दा फेरि गठबन्धन फेरछन्। राजनीतिक दलले निर्वाचन पूर्व र निर्वाचन पश्चा्त बनाएका कुनै गठबन्धन सफल हुन सकेका छैन्।यही कारणले मुलुक राजनीतिक अस्थिरताबाट मुक्त हुन सकेको छैन् । ०६४ देखिको संसदको अंकगणितलाई हेर्ने हो भने कम्युनिष्टहरु बहुमतमा रहँदै आएका छन्। कम्युनिष्टखहरु एक भइदिँदा नेपालको राजनीति त्रिशंकु संसदबाट मुक्त भइसकेको हुन्थ्योप। तर कम्युनिष्टखहरु एक हुन सकेनन्। ०७४ मा कम्युनिष्टमहरु एक हुँदा करिब दुई तिहाई को बहुमत प्राप्तह गरेका थिए। तर अहिले विभाजित भएर निर्वाचन लडेका कारण अहिलेको संसदमा ४४ प्रतिशतको हाराहारीमा मात्र कम्युनिष्टरहरुको उपस्थिति रहेकोछ। यसबाट नेपाली मतदाताहरुले पनि कम्युनिष्टाहरु जुट्नु पर्ने चाहना राखेका देखिन्छ । ०७४ मा कम्युनिष्टखहरुले ओलीलाई करिब दुई तिहाईको बहुमत दिएकै थियो। एमाले र माओवादीबीच पार्टी एकिकरण पनि भएको थियो। तर ओलीको सरकार टिक्न सकेन। अहिले राजनीतिक उलटफेर गरेर कम्युनिष्ट एकता गर्न खोजेका ओलिले सत्तामा भएकै वेला बुद्धि पुर्या उन सकेका भए काँग्रस सत्ता शक्तिको अभ्यासमा आउनै पाउने थिएन। कम्युनिष्टल एकताले एउटा सुविचारित कोर्स पार गरिसकेको हुन्थ्यो ।अहिले कम्युनिष्ट‍ राजनीतिमा“कोर्स करेक्सनको आवश्याकतानै हुने थिएन। कम्युनिष्टअ राजनीति निकै अगाडी बढी सकेको हुन्थ्यो । यसपालि ओली त्यति शक्तिशाली छैनन्। एससँग एकता गरेर थोरै भएपनि आफ्नो शक्ति बढाउन ओलीले एकताको प्रयास गरेका हुन्। ओलीको यो प्रयास अहिलेको सत्ता टिकाउन र कम्युनिष्ट् राजनीतिको “कोर्स करेक्सन का लागि पनि सकारात्मक प्रयास हो ।

एमाले र माओवादी मात्र मिलेर प्रदेश १ र कार्णाली प्रदेशमा मात्र सरकार बनाउन सक्ने अवस्था छ। अन्य प्रदेश र संघमा गठबन्धनकै भर पर्नु पर्ने देखिन्छ। यस्तोमा एमाले र माओवादीले एसलाई विश्वाबसमा लिन सके भने कम्युनिष्टबहरु मात्र मिलेर संघ र प्रदेशहरुमा सरकार बन्ने अवस्था नबने पनि कम्युनिष्ट मोर्चा बलियो हुने र गठबन्धन पाँच वर्षसम्म टिक्ने सम्भावना बढ्छ। एमाले र माओवादीलाई गठबन्धन टिकाएर पाँच वर्षसम्मै कम्युनिष्ट नेतृत्वधमा सरकार चलाउन सहज हुन्छ । वाम–लोकतान्त्रिक गठबन्धन भत्काउन र वाम – उदीयमान शक्तिको नयाँ गठबन्धन बनाउन सफल भएकै भरमा ओली पाँच वर्षसम्म गठबन्धन टिकाउन सफल हुन्छन भनेर अहिलेनै ठोकुवा गर्न सकिदैन्।अहिले गठबन्धनमा रहेका सातै दलका आ–आफ्नै एजेण्डा , विचार र सिद्दान्त रहेका छन्, ती फरक फरक छन्।हिन्दु राष्ट्रकको पक्षमा रहेका राजावादी राप्रपा , प्रदेशको निर्वाचनमा भागै नलिएका , प्रदेश संरचनाका विपक्षमा रहेका रास्वपा पनि गठबन्धनमा छ।सबैको चित्त बुझाएर साझा नीति कार्यक्रम तय गर्न र गठबन्धन जोगाउनै फलामको चिउरा चपाउनु सरहको चुनौती छ । यिनै राजनीतिक दलका कारण मुलुक फेरि पनि अस्थिरतातर्फ जान सक्ने सम्भावना हुँदै नभएको होईन। फेरि पनि मुलुक अस्थिरतातर्फ जान सक्ने सम्भावना जिवितै छ। मुलुक मध्याबधीमा पनि जान सक्छ। मध्याबधिको सम्भावनालाई पुरै नकार्न सकिने अवस्था छैन्।नयाँ गठबन्धन भत्किएर अर्को गठबन्धन पनि बन्ना सक्छ।एमाले र माओवादीबीच अब कुनै विवाद हुँदैन भने पनि छैन। गठबन्धन टुटाउन फेरि ०५१ देखि ०५६ ताकाको सम्झना गराउने गरी सांसद खरिद बिक्री र सत्ताका लागि जे पनि गर्न दलहरुबीच प्रतिस्पर्धा चल्दैन भने पनि छैन् । सत्तामा पुगेपछि कम्युनिस्टहरु निरंकुश अधिनायकवादीमा परिणत हुने गरेको विश्वकभरि देखिएको छ।

विश्वमभरका सबैजसो कम्युनिस्ट पार्टीहरुले सत्ताको दुरुपयोग गरेको पाइएको छ। कम्युनिस्ट पार्टीहरु अन्तरसंघर्ष व्यवस्थापन गर्न नसकेकै कारण विभाजन हुनेसम्म पुग्छन् ।इतिहासले एमाले, माओवादी र अरु कम्युनिष्टय पार्टीमा भएका हरेक फुट र विभाजनलाई गलत सावित गरेको छ । फुट र विभजनहरुबाट पाठ सिकेर कम्युनिष्टु राजनीति अगाडि बढनुपर्नेमा झन झन फुट र विभाजन बढेको देखिन्छ। फुटव र विभाजनका मुख्य कारण कम्युनिष्टड नेताहरुमा सैद्धान्तिक विचलन आउनु, स्वार्थ हाबि हुनु र नेताहरु ब्यक्ति केन्द्रित हुनु रहेका छन्।नेकपामा विवाद चर्किनु र एमाले विभाजन हुनुमा कुनै सैद्धान्तिक भिन्नरता थिएन्।स्वार्थको अगाडि सिद्धान्त निरीह मात्र भएको थियो।नेपालकाकम्युनिष्ट हरु जुट्न भन्दा कयौं गुणा टुट्न जानेका छन्।तर एकलौटी शासन गर्ने सपन देख्नी छाडेका छैनन् ।नेपालको कम्युनिष्ट राजनीतिमा देखिएको यो एउटा बिरोधाभासनै हो । राजतन्त्र र हिन्दु राष्ट्राको मुद्दा बोकेका राप्रपासँग तालमेल गरेका एमाले, आफैले वर्ग शत्रु भनेर कार्यकर्तालाई चिनाएका काँग्रेससँग गठबन्धन गरेर माओवादी र एस कसैले तालमेल र गठबन्धनबाट लाभ लिन सकेन्। एउटा कम्युनिष्टँले अर्को कम्युनिष्टालाई हराउने सफलता मात्र हात लाग्यो।परिणामस्वरुप वर्तमान संसदमा कम्युनिष्टाहरुको बहुमत कायम रहन सकेन।राजतन्त्रको विरुद्ध गैरकम्युनिष्टा र कम्युनिष्टससँगै लड्नुको कारण राजतन्त्र सबैको शत्रु थियो तर राप्रपा –एमाले र काँग्रेस–माओवादी–एस सँग सँगै चुनावमा जानुको कारण के थियो? कम्युनिष्ट हरुमा आएको सैद्धान्तिक र वैचारिक विचलन त होइन ? प्रश्ना गम्भिर छ तर जवाफ कुनै कम्युनिष्टम नेतासँग छैन् । नेपाली जनताले पटक पटक कम्युनिष्टछहरुलाई सरकारमा र सरकारको नेतृत्वत गर्न पठाए। तर गैर कम्युनिष्टा सरकारको भन्दा फरक नीति र कार्यक्र ल्याउन सकेनन् , कम्युनिष्टवहरुले।सरकारमा जान आफ्ना नीति र सिद्धान्तलाई पार्टी कार्यालय र दस्तावेजमै थन्काउने कार्य कम्युनिष्ट‍हरुको चरित्रनै भईसकेको छ।

विचार, सिद्धान्त, नीति र कार्यक्रम छोडदै गएका छन् कम्युनिष्ट। नेताहरुले सबै धनाढय बन्ने ध्यये र प्रतिस्पलर्धामा छन् । कम्युनिष्टे पार्टीको मुख्य उद्देश्यि भनेको सबै प्रकारका शोषण, दमन, अन्याय, विभेद को अन्त्य गरेर गरिब किसान र मज्दुरहरुको आर्थिक, राजनीतिक , सांस्कृतिक र सामाजिक रुपान्तरण गरी समाजवादमा पुग्नु हो। कम्युनिष्टहले सरकारको नेतृत्व गर्दा शासन सञ्चासलनको शैली अग्रगामी र प्रगतिशील हुनुपर्छ। कम्युनिष्टि एकता गर्नु कुनै ठूलो सफलता होइन ।कम्युनिष्टी एकताबाट बनेको सरकारले आफ्नो शासन शैलीबाट नागरिकको सरकार र परिवर्तनको आभास गराउन सक्नु महत्वपुर्ण हो । बेलाबखत कम्युनिष्टरहरुको एकताको चर्चा चल्ने गरेको छ। अहिले पनि चलेको छ। तर राजनीतिक र सैद्धान्तिक छैनन्।संघमा राष्ट्रएपति देखि प्रधानमन्त्री, सभामुख र उपसभामुख प्रदेशहरुमा प्रदेशप्रमुख देखि मुख्यमन्त्री जस्ता पदहरु प्राप्त‍ गर्न कम्युनिष्टध एकताको कुराको उठान गरिएको छ । साँच्चिकैको कम्युनिष्टर एकता गरेर कम्युनिष्टय राजनीतिको “कोर्सपरिवर्तन गर्ने हो भने सर्बप्रथम कम्युनिष्टो एकताबाट मुलुकले के प्राप्तय गर्छ? नागरिकले के प्राप्तए गर्छ? बेरोजगारी, महँगी, शिक्षा, स्वासथ्य, सेवा प्रवाह, भ्रष्टाचार, कुशासन, गरिबी, विदेशी हस्तक्षेप, किसान र मज्दुरका समस्या आदि समस्याको सामाधान हुन्छ भनेर ग्यारेणटी गर्नुपर्छ। नभए जुनजुन पार्टीले जोजो पार्टीसँग एकता र विभाजन गरेपनि नागरिकलाई केही फरक पर्दैन। कागलाई बेल पाक्यो, हर्ष न विस्मात बाहेक केही सावित हुँदैन ।

Comment

Related News

Latest News

Trending News