अपडेट 
२०७९ पुष २३, शनिबार ०८:१४

केही दिनदेखि शीतलहर चलेपछि जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयको दैनिक जीवन कष्टकर बनेको छ । शीतलहर बढेपछि सार्वजनिक स्थलमा दाउरा बालेर आगो ताप्ने क्रम पनि बढेको छ । दिउँसो भन्दा विहान र बेलुका धैरै चिसो महसुस हुने गरेको छ । विहानैदेखि चल्ने शीतलहर र हुस्सुका कारण घरबाट मानिस कमै निस्किदा सडकमा चहलपहल निकै घटेको छ । अस्पताल तथा स्वास्थ्य चौकीहरुमा दम, झाडापाखा, रुघाखोकीका बिरामीको चापसमेत बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

चिसोबाट विशेष गरी अतिविपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी प्रभावित भइरहेका छन् । मजदुरहरु काममा जान पाएका छैनन् भने घरमै बस्नु पर्दा हातमुख जोर्ने समस्या भइरहेको राजविराज नगरपालिका –९ मलेठ स्थित दलित वस्तीका पवित्रा देवीले बताइन् । शरीर ढाक्ने पर्याप्त न्यानो लुगा नरहेको तथा अर्काेतिर अत्याधिक चिसोले काममा जान नपाउँदा हात मुख जोर्न उनीहरुलाई समस्या भएको छ ।

यसैबीच,चिसोकै कारण शुक्रवार बिहान एक जनाको ज्यान गएको छ । तिलाठी कोइलाडी गाउँपालिका ४ का ४५ वर्षीय राजु भनिने राजकुमार सदाको चिसोले कठयांग्रिएर मृत्यु भएको वडा अध्यक्ष मुनिलाल मुखियाले जानकारी दिए । राति खाना खाएर सुतेका उनी बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए । अति विपन्न परिवारका उनी खुल्ला ठाउँमा रहेका एलानी जग्गामा फुसको झुप्रोमा ६ सन्तानसहित बसोवास गर्दै आएका थिए । दुई वर्ष अघि उनको श्रीमतीको रोग लागेर मृत्यु भएको थियो । दुई वर्षको अन्तरालमा बुवा पनि गुमाउँदा सदाको तीन नावालक छोरा र तीन छोरीको बिचल्लीमा परेका छन् । बाक्लो हुस्सुले भिजीविलीटी कम भएपछि पूर्वपश्चिम राजमार्गसहित बजार र ग्रामीण क्षेत्रको भित्री सडकमा चल्ने सवारी साधन विहान र दिउसै पनि बत्ती बालेर गुडिरहेका छन् । चिसो कै कारण क्षति नहोस भन्ने उद्देश्यले क्षति न्यूनीकरण गर्न आवश्यक उपायका लागि जिल्लाका सबै स्थानीयतहसंगको समन्वयमा आवश्यक तयारी अघि बढाइएको स्थानीय प्रशासनले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News