अपडेट 
२०७९ पुष २३, शनिबार ०८:२७

पर्सा प्रहरीले अवैध घरेलु मदिरा लोड रहेको ट्रक र चालक नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.२ श्रीराम पछाडि खाली चौरबाट चालकसहित ना ६ ख ७२६ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएको उक्त मालवाहक ट्रकमा अवैध घरेलु मदिरा ३९ पोकामा प्रति पोका १० लिटरका दरले जम्मा ३९० लिटर लोड रहेको रहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सो कन्टेनर ट्रकमा अन्य त्रिभुवन विमानस्थल काठमाण्डुबाट पैठारी प्रज्ञापनपत्र अनुसार रु एक करोड १४ लाख ४९ हजार ७ सय २५ बराबरको विभिन्न औषधिहरूसमेत लोड रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने ट्रक चालक वीरगञ्ज महानगरपालिकाको वडा नं. ३० प्रसौतीपुरका २८ वर्षीय सदाम हुसेन रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । ट्रकमा लोड रहेको अं.३९० लिटर घरेलु मदिरा तथा विभिन्न किसिमका औषधिहरू नियन्त्रणमा लिइ सो ट्रकमा लोड रहेको मदिरा, औषधि र गाडी अं.मू.रू.२० लाख मूल्यांकन गरी जम्मा रू एक करोड ३४ लाख ४९ हजार ७ सय २५ बराबरको ट्रक र सो भित्र लोड रहेको औषधि तथा घरेलु मदिरा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय वीरगञ्ज पर्सामा पठाइएको प्रवक्ता गिरीले जानकारी दिएका छन् ।

Comment

Related News