अपडेट 
२०७९ पुष २३, शनिबार १७:०६

नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थी दलरूसँगको एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा ५सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा ‘प्रभाकर’, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन्।

शनिबार बिहान मात्र एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो। कार्यदलले नेसपा मात्र नभएर एकीकृत समाजवादी पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, नेकपा बहुमतलगायत सबै वामपन्थी दलहरूसँग एकताका लागि छलफल गर्नेछ।

आजको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनका लागि सबै दलहरूसँग अपिल गर्ने निर्णय पनि गरेको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन्। त्यस्तै बैठकले माघ १५ गते केन्द्रित कमिटीको बैठक बोलाउने निर्णय गरेको छ।

https://www.youtube.com/watch?v=jLJTMr9VCf4&t=6s

Comment


Related News

Latest News

Trending News