अपडेट 
२०७९ पुष २३, शनिबार १८:४७

। जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सरकारलाई विश्वासको मत दिने भएको छ। आफ्नो पार्टीले राख्दै आएका मागहरूप्रति सरकार सकारात्मक देखिएकाले विश्वासको मत दिने निर्णय गरेको पार्टीले जनाएको छ।

गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरुमध्ये २ वटा सर्तहरु समेटिएको पार्टी प्रचार विभागले जनाएको छ।

पार्टीका मूलभुत सिद्दान्तहरुको प्रतिकुल नहुने गरी नै मस्यौदा तयार भएको छ भने नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि साझा न्युनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ।

पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा सार्वजनिक विदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरासँग भने जसपाको असहमति रहेको जनाएको छ।

Comment

Related News

Latest News

Trending News