अपडेट 
२०७९ पुष २४, आईतवार ०७:४८

जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको दलका नेताका लागि चुनावको कार्यक्रम आइतबार सार्वजनिक हुने भएको छ ।

जसपा पार्टीको मधेश प्रदेश दलको नेता चयनका लागि गठन गरिएको निर्वाचन समितिले दिउँसो १ बजे सभासदहरुको बैठक बोलाएको छ । बैठकमा निर्वाचन सम्बन्धी कार्यतालिकाबारे छलफल हुने बताइएको छ । सभासदहरुको बुधवार बसेको बैठकले दलको नेता चयनको निर्णय लिन राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सम्पूर्ण अधिकार दिएको थियो । तर त्यसमा मुख्यमन्त्री लालबाबु राउतको समर्थन रहेको थिएन् ।बैठकमा सहभागी १५ जना मध्ये राउत चुनावको पक्षमा उभिएका थिए ।अध्यक्ष यादवलाई समर्थन गर्ने निर्णयमा उनले हस्ताक्षर गर्न अस्वीकार गरे । राउत बाहेकका सभासदहरु सर्वसम्मतिबाट नै दलको नेता चयन हुनुपर्नेमा सहमत भए पनि अध्यक्ष यादवले चुनावबाट नै नेता चयनको प्रक्रिया थाल्न शनिवार निर्देशन दिएको बताइएको छ । नेता चयनका लागि चुनाव भए सभासदलाई प्रभावित गर्न लाखौ रकमको लेनदेन हुने संभावना रहेको पार्टीका नेताहरुले आशंका गरेका छन् ।

https://www.youtube.com/watch?v=jLJTMr9VCf4&t=7s

Comment


Related News

Latest News

Trending News