२०७९ पुष २४, आईतवार ०७:५४

सर्लाहीको हरिवन वडा नम्बर ७ को पुनः मतगणना हुने भएको छ ।

उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले हरिवन–७ को वडाध्यक्षमा यसअघिको मतगणना रद्द गरी पुनः मतगणनाका लागि आदेश दिएको छ । स्थानीय निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको मतगणना अनुसार हरिवन–७ का वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की निर्वाचित भइ कार्यरत छन् । निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३७९ मत सहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापाले ३७८ मत पाएका थिए । कांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए तर अदालतले अन्तरिम आदेश जारी नगरी पुनः मतगणनाको आदेश दिएको छ । रजिष्ट्रार अधिकारीले अब मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने बताए

Comment


Related News

Latest News

Trending News