अपडेट 
२०७९ पुष २४, आईतवार ०७:५९

जनता समाजवादी पार्टी (जसपा)ले पृथ्वी जयन्ती नमनाउने भएको छ ।

सरकारले पुस २७ गतेलाई पृथ्वी जयन्ती मनाउने निर्णय गरेको छ तर, जसपाले त्यसमा असहमति जनाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ । पार्टीका मूलभूत सिद्धान्तहरूको प्रतिकूल नहुने गरी नै मस्यौदा तयार भएको जसपाले जनाएको छ । जसपाले आफूहरूले राखेका शर्तहरूप्रति सरकार सकारात्मक देखिएको भन्दै जसपाले सरकारलाई समर्थन गर्ने बताएको छ । ’नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि साझा न्यूनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ’, जसपाले भनेको छ,’यस अर्थमा पार्टीले सरकारलाई विश्वासको मत दिने आधार तय भएको छ ।’ ’गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका शर्तहरूमध्ये २ वटा शर्त समेटिएको देखिन्छ’, जसपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Comment


Related News