अपडेट 
२०७९ पुष २४, आईतवार ०८:१९

गुणस्तरहीन घ्यु उत्पादन गरी विक्री वितरण गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय र नापतौल तथा गुणस्तर कार्यालय वीरगञ्जको समन्वयमा लामो समयदेखि वीरगञ्जमा गुणस्तरहीन घ्यु उत्पादन गरी विक्री वितरण गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ मा बसोबास गर्दै आएका सर्लाहीको विष्णु गाउँपालिका वडा नम्बर ८ बत्रौलका ४४ वर्षीय राजेश कुमार रायलाई ठूलो परिणाममा रहेको गुणस्तरहीन घ्युसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी दीपक गिरीले बताएका छन् । प्रहरीले रायको घरबाट २० किलो तौलमा प्याकिङ गरिएको डाल्डा घ्यू २ हजार २ सय ६० लिटर र विभिन्न तौलमा प्याकिङ गरिएको मिसावट घ्यू ६ सय १३ लिटर बरामद गरेको छ ।

अभियुक्त रायले वीरगञ्ज महानगरपालिकाको वडा नं. १६ स्थित आफ्नै घरमा सञ्चालन गरेको गणपति रिपैकिङ उद्योग, गणपति पूजा सामग्री रिपैकिङ उद्योगको नामबाट वनस्पति घ्यु मिसावट गरी नक्कली घ्यु बनाएर बजारमा शुद्ध घ्यु भन्दै विक्री वितरण गर्दै आएको भेटिएपछि उनलाई प्रशासन र नापतौल तथा गुणस्तर कार्यालयको समन्वयमा थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News