
राजदेवी नगरपालिका रौतहटद्वारा आयोजित मेयर कप क्रिकेट प्रतियोगिता २०७९ को उपाधि राजदेवी नगरपालिका वडा नम्बर ७ मुड़वालबाले जितेका छन् ।
प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा वडा नम्बर ८ लाई ६ विकेटले पराजित गर्दै वडा नम्बर ७ ले उपाधिमाथि कब्जा गरेको छ । टस जितेर पहिलो बल्लेबाजी गरेका वडा नम्बर ८ लक्ष्मीपुर बेलबीछबाले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउदै १०१ रन को स्कोर खडा गरेको थियो, वड़ा नम्बर ८ बाट राधेश्याम १५ , चितरंजन पंडित १३ र रितेश यादवले ११ रन बनाएको थियो । वडा नम्बर ७ को तर्पmबाट गेंदवाजी गर्दै सीतेश यादवले २ , सचिन यादवले २ ,धर्मेन्द्र साहले २ तथा दीपेश यादवले १ विकेट लिएको आयोजक सस्थाले जनाएको छ ।
१०२ रनको विजयी लक्ष्य प्राप्त गर्नका लागि बल्लेबाजी गर्न उत्रेका राजदेवी ७ का सीतेश यादवको अर्धशतकीय पारिले गर्दा ६ विकेटले फाइनल म्याच जितेका छन् । सीतेश यादवले आफ्नो व्यक्तिगत अभिजीत ५३ रन बनाएका थिए । म्याच जिताउ पारी खेलेका सीतेश यादवलाई मैन आफ दी म्याच घोषित गरिएको छ । राजदेवी बचत तथा ऋण सहकारी सस्था राजदेवी ८ को समन्वय सहकार्यमा आयोजित प्रतियोगिताको मैन आफ दी सीरीज प्रकाश साहलाई दिइएको छ । प्रतियोगिताको विजेता र उपविजेता टीमलाई नगर प्रमुख भिखारीले शील्ड वितरण गरेका थिए।