अपडेट 
२०७९ पुष २४, आईतवार ०८:५६

बढ्दो चिसोले जनजीवन प्रभावित बन्दै गएपछि चिसो छल्नका लागि जनकपुरधाममा कम्बल वितरण गरिएको छ ।

रामानन्द युवा क्लबको आयोजनामा जनकपुरधाम उपमहानगरपालिका –८ स्थित बलबाटोलको सीताकुण्ड वरिपरिका बस्तीमा शनिबार एक सय थान कम्बल वितरण गरिएको छ । यस अघि शुक्रबार क्लबद्वारा जउनपा–८ कै दशरथ नगरमा एक सय थान कम्बल वितरण गरिएको थियो । क्लबका अध्यक्ष मनमोहन सिंहको सक्रियतामा भएको कम्बल वितरण कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु जीवनाथ चौधरी,वार्ड नम्बर ८ का पूर्व वडाअध्यक्ष एवम् क्लबका पूर्व अध्यक्ष रमेश ठाकुर लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले कम्बल वितरणले थोरै भए पनि केही व्यक्तिहरुले राहत पाउने धारणा राखेका थिए । केही दिन यतादेखि मधेशमा लगातार चल्ने चिसो हावा र शीतलहरका कारण सर्वसाधारणहरुको जनजीवन कष्टकर बनेको छ भने न्यून आय भएका तथा दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिहरु अत्यधिक प्रभावित बनेका छन् ।

Comment

Related News

Latest News

Trending News