२०७९ पुष २४, आईतवार ०८:५९

प्रदेशसभा सदस्य महेश प्रसाद यादवले कृषि, पशुपंछी तथा मत्स्य क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरण गरी गुणस्तरीय उत्पादनमा जोड दिएका छन् ।

शनिवार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका स्थित ओम सृजन सहकार संस्था लि. को दोश्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका छन् । मधेश प्रदेशको जनमत पार्टीका संसदीय दलका नेतासमेत रहेका उनले रोजगार सृजना गर्नका लागि पनि स्वदेशमा रहेका तथा विदेशबाट फर्किएका युवाहरुको कृषि सम्बन्धी अनुभव, ज्ञान र सीपलाई कृषि क्षेत्रमा प्रयोग गरी गुणस्तरीय उत्पादन बढाउनुपर्नेमा जोड दिए । कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण र औद्योगिकीकरण आवश्यक रहेको बताए । प्रदेश सभा सदस्य सतिश कुमार सिंहले छोटो अवधिमै लोकप्रियता कमाउन सफल भएको ओम सृजन सहकारी संस्था लि. लाई आफ्नो कारोवार क्षेत्रलाई बढाउँदै दही उत्पादन उद्योग संचालनमा ल्याउन सुझाव दिए ।

संस्थाका अध्यक्ष सम्वोध कुमार झाको अध्यक्षतामा आयोजित समारोहमा उपाध्यक्ष मुकेश यादवले स्वागत तथा सचिव बबलु कुमार मिश्रले संस्थाको आयव्यय प्रतिवेदन पेश गरेका थिए । २०७८ सालमा २५ जना शेयरको ८५ हजार रुपैयाँ पुँजीबाट शुरु भएको उक्त संस्थामा हाल २ सय १ जना शेयर सदस्य पुगेको छ भने शेयर पुँजी २४ लाख ९७ हजार ३ सय पुगेको सो संस्थाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News