२०७९ पुष २४, आईतवार ११:५६

सुनको मूल्य आज एक हजार रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो।

Comment

Related News