अपडेट 
२०७९ पुष २५, सोमबार ०७:२३

शीतलहरबाट तीन दिनअघि निधन भएको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहर टोलकादेवु सदाको परिवारलाई गाउँपालिकाले आइतबार राहत सामग्री प्रदान गरेको छ ।

गत बिहीबार राति खाना खाएर सुतेका ४५ वर्षीय राजु भनिने राजकुमार सदाको चिसोको कारण मृत्यु भएको थियो । गाउँपालिकाको कार्यालयबाट आइतबार ५० किलो चामल, ५ किलो मुरही, ५ किलो दाल, ५ किलो नुन, अढाइ किलो खानेतेल, दुई थान ब्ल्यांकेट र एक थान त्रिपाल प्रदान गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडा नं. ४ का वडा अध्यक्ष मुनीलाल मुखिया, वडा नं. ५ का वडा अध्यक्ष ललन प्रसाद राउतले सो सामग्री वितरण गरेका थिए । सो अवसरमा जनस्वास्थ्य निरीक्षक दीपक मण्डल, कांग्रेसका नेता शम्भुलाल देवसहितको सहभागिता रहेको थियो । मुसहर वस्तीका केही व्यक्तिमा विहानैदेखि रक्सी खाने गलत प्रवृत्तिले निरन्तरता पाउदा समस्या उत्पन्न हुने गरेको हुँदा यस्तो प्रवृत्ति त्याग्नसमेत सो अवसरमा अध्यक्ष मण्डलले बस्तीका वासिन्दाहरुसँग आग्रह गरेका छन् ।

त्यस्तै, सदाको घरमा पुगी प्रदेशसभा सदस्यहरुले जानकारी लिएका छन् । जनमत पार्टीबाट सप्तरीको निर्वाचन क्षेत्र नं.२ को क बाट निर्वाचित सतिश कुमार सिह र ख बाट निर्वाचित प्रदेश सभा सदस्य महेश प्रसाद यादव सहितको एक टोली आइतवार सदाको घरमा पुगी परिवारको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । ४५ वर्षीय सदाको गत शुक्रवार चिसोले कठ् याँग्रिएर घर मै मृत्यु भएको थियो । उनको पत्नीको पनि एक वर्ष अघि मृत्यु भएको थियो । आमा बुवा दुबै गुमाएपछि सदा दम्पतीका ६ सन्तानको बिचल्ली भएको खबर प्राप्त भएपछि आफूहरु पीडित परिवारको अवस्था बुझ्न र संमवेदना प्रकट गर्न सदाको घर पुगेको प्रदेशसभा सदस्यद्वय सिंह र यादवले बताए । सो अवसरमा प्रदेशसभा सदस्यद्वयले विपन्न परिवारका सदा दम्पतीका सन्तानहरुलाई सहयोगका लागि पहल गरिने जनाए ।

Comment

Related News

Latest News

Trending News