२०७९ पुष २५, सोमबार ०७:२९

गैर सरकारी संस्था जनजागरण युवा क्लबले २५ आँबार्षिकोत्वको अवसर पारेर कलैयामा आइतबार वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलैयाको भरत चोकमा सम्पन्न सो रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको जानकारी आयोजकले दिएको छ । रतmदान गर्नेहरुमा १ जना तेस्रो लिङ्गी,३ महिला र ४९ जना पुरुष रहेका थिए ।

जनजागरण युवा क्लवका अध्यक्ष एवम् नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादवले रतmदान कार्यक्रमको उद्घाटन गरेका थिए । सामाजिक रूपमा वञ्चित र सीमान्तकृत समुदायहरूको दिगो सामाजिक–आर्थिक सशक्तिकरण र विकास हासिल गर्न संस्था निरन्तर अगाडि बढिरहेको संस्थाका उपाध्यक्ष राजदेव साहले बताउँदै रक्तदान जीवनदान भएको कुरामा जोड दिए । रतm अभावका कारणले कयौ जनाको अकाल मै मृत्यु हुने गरेको अवस्थालाई मध्यनजर गर्दे रतmदानको आयोजना गरिएको छ ।

मधेश प्रदेशको सबै जिल्लाहरु पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सिराहा, सप्तरी र महोत्तरीमा कामकाज गर्दे आएको क्लवका अध्यक्ष यादवले बताए । सो रक्तदान कार्यक्रममा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा ख का सभापति लुकेश सिंह, निजामुद्दिन अंसारी लगायतको सहभागितामा सो रतmदान भएको आयोजक संस्थाका सियाराम यादवले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News