अपडेट 
२०७९ पुष २५, सोमबार ०७:४६

जनकपुर जेसीजको अध्यक्षमा अभिशेष चौधरीलाई चयन गरिएको छ । जनकपुृरधाममा आयोजित ४७ औं पदस्थापना दिवस समारोहमा नयाँ नेतृत्वको चयन गरिएको छ ।

चयन गरिएको नयाँ समितिको महासचिवमा उपेन्द्र साह,कोषाध्यक्षमा राजेन्द्र साह रहेका छन् । जनकपुर जेसीज २०२२ का अध्यक्ष राजकुमार साह ‘राजु’ ले नव निर्वाचित २०२३ का अध्यक्ष अभिषेक चौधरीलाई पद हस्तान्तरण गरेका थिए । जनकपुर जेसीजको २०२३ को नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले सोही अवसरमा जेसीजको विधि अनुसार शपथ ग्रहणसमेत गरेका थिए । जेसीजको २०२३ का अध्यक्ष चौधरी, कार्यकारिणी उपाध्यक्ष राहुलकुमार निधि, भवेश झा, उपाध्यक्षहरु दीपक कुमार साह, विकास कुमार साह, ओम प्रकाश साह, कमलकुमारी मण्डलले शपथ ग्रहण गरेका थिए ।

Comment


Related News

Latest News

Trending News