अपडेट 
२०७९ पुष २५, सोमबार ०७:५४

क्षीरेश्वरनाथ नगरपालिकाले बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै दाउरा वितरण गरेको छ । शीतलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको नगरप्रमुख सुखदेव यादवले जनाएका छन् ।

उनले नगरपालिकाको १ देखि १० सम्मका वडामा दैनिक ज्यालामजदुरी गरी खाने टोलमा मध्यनजर गर्दै आगो बाल्दा टिकाउ हुने धेरै बेरसम्म आगो हुने रुखको जरा वितरण गरेको जनाएको छ । जाडोयाममा शीतलहरको बेला गरिब विपन्नहरुका लागि शीतलहर विपद् जस्तै हुने भएको हुँदा सो को मध्यनजर गरी नगरमा दाउरा वितरण गरिएको जनाइएको छ । उनले नगरको ग्रामीण भेग बाहेक चिसोमा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई पनि असर परेको र बजारमा आउने यात्रुहरुलाई पनि असर परेको हुँदा बजार क्षेत्रमा पनि दाउरा वितरण गरेको बताए ।

Comment


Related News

Latest News

Trending News