अपडेट 
२०७९ पुष २५, सोमबार ११:२३

मलेसियामा केही दिनदेखि बन्धक बनाइएका नेपालीहरूलाई उद्धार गर्न सरकारले पहल थालेको छ। 

केही दिन अगाडि मलेसिया पुगेका १९ जना नेपाली बन्धक भएका खबर सार्वजनिक भएको थियो। वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरूलाई उद्धार गर्न पहल गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकोले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्य सचिवमार्फत् निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

 

Comment


Related News

Latest News

Trending News