अपडेट 
२०७९ पुष २५, सोमबार ११:२७

भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका ३ जना नेपालीहरु कैलाली टीकापुरका हुन् । उनीहरुको परिचय भने खुल्न बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पनि ३ जना नेपाली र १ जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ । अन्य १७ जना घाइते भएका छन् । दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो ।

बस दुर्घटनाको कारण खुलेको छैन । भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको छ । भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरुले लेखेका छन् । दुर्घटनाको कारण पनि त्यही हुनसक्ने अनुमान छ ।

Comment


Related News

Latest News

Trending News