अपडेट 
२०७९ पुष २६, मंगलवार ०७:२९

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि जनता समाजवादी पार्टी(जसपा)ले मंगलवार दाबी पेश गर्ने भएका छन् ।

जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले प्रदेश प्रमुखले दिएको अन्तिम समय अगावै मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्ने बताए । जसपा दलको नेता चयनकै कारण प्रदेश सरकार गठनको प्रक्रिया रोकिएको थियो ।सोमवार दलको नेता चयन गरेको जसपाले मंगलवार दाबी पेश गर्ने जनाएको छ । सरकार गठनका लागि मधेश प्रदेशमा १६ जना सभासद सहित तेस्रो वरियतामा रहेको जसपालाई नेकपा माओवादीको २३ जना सभासद, जनमत पार्टीको १३ जना सभासद, माओवादी केन्द्रका ८ जना सभासद , राष्ट्रिय प्रजातन्त्र पार्टी र उन्मुक्ति पार्टीका १/१ जनासहित कुल ६० जना सभासदको समर्थन रहने अध्यक्ष यादवले जनाए ।

मधेश प्रदेशमा कुल १ सय ७ सभासद रहेका छन् । मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुने उनले बताए ।प्रदेश प्रमुखले पुस २८ गते भित्र २ वा सो भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका छन् । मन्त्रीमण्डल गठनबारे टुंगो लागि नसकेको उल्लेख गर्दै उनले भने, मुख्यमन्त्रीको शपथग्रहणमा केही मन्त्रीहरुको पनि शपथ हुने छ । त्यसका लागि कार्य भइरहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News