अपडेट 
२०७९ पुष २६, मंगलवार ०७:४५

काव्या अस्पताल जनकपुरधाममा उपचारको क्रममा चिकित्सकको लापरबाहीको कारण एक सुत्केरी महिलाको मृत्यु भएको आरोप पीडित परिवारले लगाएका छन् ।

धनुषाको जनकपुरधाम–२१ कुर्थाका अमित साहको २६ वर्षीया पत्नी रिंकु साहको मृत्यु भएको छ । साहका अनुसार श्रमतीलाई प्रसव पीडा भएपछि आइतबार बिहान उपचारको लागि काव्यामा भर्ना गर्दा उनको स्वास्थ्य अवस्था बेलुकी तीन बजेसम्म सामान्य रहेको थियो । उपचारको क्रममा गर्भमा जुम्ल्याहा बच्चा रहेको जानकारी पाए सँगै सुरुदेखि नै आफूहरु सचेत भइ नियमित रुपमा उपचार गराउँदै आएको श्रीमान साहले बताए । ‘जुम्ल्याहा बच्चा रहेकोले चिकित्सकले पनि उनको अप्रेशन गरेरै बच्चा जन्मिने भनिसकेकोले उनको अप्रेशन हुनेमा हामी ढुक्क थियौ’ं भन्दै साहले भने ‘त्यसैले हामी सुरुदेखि नै सरकारी अस्पतालमा नगइ महिनै पिच्छे काव्या अस्पतालकी डा.सोनिया सिंह संग रिंकुको नियमित फ्लोअप जाँच गराउँदै आएको थिए र उनले रिंकुको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै आएपछि आफूहरु ढुक्क थिए ।’ गत २५ मंसिरमा पनि रिंकुको स्वास्थ्यमा समस्या देखिँदा अमितले उनलाई सोनिया सिंहसँग परामर्शका लागि काव्या अस्पतालमा ल्याएका थिए । त्यसबेला डा.सिंहले औषधि दिँदा रिंकुलाई सन्चो भएको थियो । अमित र रिंकु जुम्ल्याहा बच्चा पाउने भन्दै हर्षित थिए । उनलाई अप्रेशन गर्नुपर्छ भन्ने कुरा पहिला जानकारी अमितलाई थाहा थियो । सोही अनुरूप डा. सोनियाले दिउँसो करिब १ बजे रिंकुलाई अप्रेशन रुममा लगेकी थिइन् । उनको अप्रेशन सफल भइ करिब साढे १ बजे जुम्ल्याहा बच्चाको जन्म भएको थियो । अप्रेशनपछि डा.सिंहले पनि अब सबै ठिक रहेको कुरा आफूलाई बताएको साहले बताए । साहले अप्रेशन सफल भएपछि खुशी हुँदै अस्पतालका स्विपरसमेतलाई पैसा बाँडेका थिए । उनका परिवारका अधिकांश सदस्य अस्पतालमै थिए । साहको परिवारजनमा खुशीको सीमा थिएन ।

त्यतिकैमा अस्पतालले रिंकुलाई अत्यधिक रक्तश्राव भइरहेकोले तत्काल रगतको व्यवस्था गर्न भनिएकोमा साहले केहीबेरमै चारपोका रगत अस्पताललाई उपलब्ध गराएका थिए । त्यतिबेलासम्म आफ्नो परिवारका कुनै पनि सदस्यलाई रिंकुसंग भेटघाट गर्न नदिएको साहले बताए । रगत उपलब्ध गराएको केहीबेरमै फेरि आफूलाई बोलाएर डा.सिंहले रिंकुको रक्तश्राव अझै नरोकिएकाले पाठेघर नै हटाउनुपर्ने सुझाव दिएको बताउंदै उनले भने ,‘ दुई वटा छोरा भइसकेकोले पाठेघर हटाउनु परेपनि केही फरक पर्दैन आमालाई जोगाउनु पर्छ र हामीले पाठेघर हटाउन अनुमति दियौं ।, डा. सोनियाले रिंकुको पाठेघर हटाएर उनलाई एनआइसियूमा सिफ्ट गरिन् । त्यसपछि आफूलाई बिरामीसँग भेट्ने अनुमति दिए पनि आफू भेट्न जाँदा घर गइन् । बिरामीको अवस्था खराब रहेको र उनी एनआइसियूमा रहेकोले भेट्न नपाउने भन्दै अस्पतालका कर्मचारीले प्रवेश नै गर्न नदिएको उनले बताए । बिरामीसंग भेट्न नदिएपछि आफूलाई शंका उत्पन्न भएको बताउँदै उनले भने,‘ डा. बिरामीसँग भेट्ने अनुमति दिए पनि अस्पतालका अन्य कर्मचारीले भेट्न नै नपाउने बताए तर,रिंकुको अवस्था कस्तो छ भनेर बुझ् नका लागि मैले दबाब दिएको थिए ।’ त्यसको केहीबेरपछि अस्पतालका एक चिकित्सकले आफूलाई क्याबिनमा बोलाएर रिंकुको मृत्यु भइसकेको कुरा जानकारी गराए । उनले अस्पतालको लापरबाहीले आफ्नो पत्नीको ज्यान गएको दाबी गर्दै डा. सिंहले अप्रेशनकै बेला कुनै ठूलो गल्ती गरेर रिंकुलाई मारेको हुनसक्ने आरोप लगाएका छन् ।

मृतकका भाइ आनन्द साहले पनि अस्पताल भर्ना भएपछि बच्चालाई जन्मदिएको धेरै बेरपछि आमाको मृत्यु हुनुमा अस्पतालको गम्भीर लापरबाही भएको आरोप लगाएका छन् । रिंकु करिब आठ वर्षअघि डा.सिंहसँगै जनकपुरकै धनुषा अस्पतालमा कार्यरत थिइन् । यता, अस्पतालले महिलामा अचानक श्वासप्रश्वासमा समस्या देखिएको र अपरेसन गरेर बच्चा निकालेपछि उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ । काव्या अस्पतालले सामान्य रुपमा बच्चा हुनसक्ने महिलाहरुको पैसाकै लागि जबर्जस्ती अप्रेशन गर्ने गरेको आरोप यस अघि पनि लाग्दै आएको छ । रिंकुका आफन्तले अस्पतालमा केही बेर प्रदर्शनसमेत गरेका थिए । तर, अस्पतालले रामानन्द चोकबाट १०÷१५ जनालाई अस्पतालमा ल्याई आफूहरुमाथि नै हातपात गर्न लगाएको पीडित पक्षको आरोप छ । घटना्बारे रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मीसंग अस्पतालले परिचालन गरेका व्यक्तिले गुण्डागर्दी शैलीमा क्यामेरा बन्द गराउन लगाएर सबैलाई अस्पताल परिसरबाट बाहिर भगाएको पीडित पक्षले जनाएका छन् ।

https://www.youtube.com/watch?v=CYDNeQF_pZo

Comment


Related News

Latest News

Trending News