अपडेट 
२०७९ पुष २६, मंगलवार ०७:५०

धनुषाधाम स्थित वनमा दिन दहाडै काठचोरी पैठारी भइरहेको मिथिला वाइल्ड लाईफ ट्रष्टले आरोप लगाएको छ ।

ट्रष्टका प्रमुख देवनारायण मण्डलका अनुसार संरक्षित वनको रुपमा रहेको धनुषाधाममा दिन दहाडै छकटी लगाएर रूख काटेर वन भित्रै गोलिया बनाइ दिनदहाडै साइकलमा ढुवानी गरेर काठ चोरी भइरहेको छ । उनले वनबाट प्रत्येक दिन दर्जनौको संख्यामा सखुवाका गोलियाहरु साइकलमा चोरी पैठारी हुने गरेको बताएका छन् । उनले भने यहाँ भएका प्रहरी चौकीका प्रहरीलेसमेत चोरी रोक्न चासो देखाएका छैनन् प्रत्येक दिन बिहान बेलुका मौका छोपेर चोरी हुने गरेको छ । विगत १० वर्ष देखि वन जंगललाई संरक्षण गरी नया वृक्षरोपणसमेत गरेर सो क्षेत्रलाई धनुषाधामका स्थानीयवासी एवम् तत्कालीन सव–डिभिजन वन कार्यालयका कर्मचारीहरुको प्रयासले जोगाइएको वनमा दिन प्रति दिन वन कटान भइरहेको प्रति स्थानीयवासीहरु पनि आक्रोशित बन्दै गएका छन् । ट्रष्टका प्रमुख मण्डलले भने,‘१० बर्ष लगाएर धनुषाधामका स्थानीयवासीहरू र धनुषाधाम सव–डिभिजन वन कार्यालयका तत्कालीन कर्मचारीहरूद्वारा संरक्षण गरी जोगाईएको वनमा सम्बन्धित सबै सरोकारवालाहरूले रणनीतिक रूपमा काठ कटान गरेर गैर कानूनी तरिकाले बिक्री बितरण गर्नका लागि नै विगत ५ बर्षदेखि नाटक र नौटंकी गरिरहेको जस्तो भान हुन थालेको छ ।’ वन मास्ने कार्य तत्काल नरोकिए प्रदेश वन मन्त्रालय, प्रदेश वन निर्देशनालय र डिभिजन वन कार्यालय, धनुषाको विरूद्धमा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत उनले दिएका छन् । उनले भने ‘नेपाल सरकारको तलब खाएर वन संरक्षणको जिम्मा लिएर बसेका अधिकृत, फरेष्टर र वन हेरालुहरूले वन कटान रोक्न सक्नुपर्छ, नसक्ने भए सम्बन्धित निकायहरूलाई गुहार्नु पर्छ । त्यति पनि गर्ने आँट छैन भने अन्तः सरूवा गराइ यस वनमा सक्षम व्यक्तिको लागि स्थान बनाइदिनु पर्छ ।’।

Comment


Related News

Latest News

Trending News