२०७९ पुष २६, मंगलवार ०७:५५

सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले कानूनले बन्देज गरेका कुनै पनि गतिविधि गर्न नदिने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सरुवा भएर आएका एसपी सुवेदीले कानूनले बन्देज गरेका सबै किसिमको अवैध कारोबार आफूले कडा रुपमा बन्द गर्ने दाबी गरेका छन् । पत्रकारसँग कुराकानी गर्दै एसपी सुवेदीले खुल्ला सीमाको फाइदा उठाउँदै लागू औषधको कारोबार बढेकाले चाँडै त्यसको अन्त्य हुने दाबी गरे । आफू सर्लाही आएदेखि १३ जना अवैध कारोबारीलाई पक्राउ गरिसको बताउँदै उत्तरी क्षेत्रमा अवैध तरिकाले लगाएको ठूलो परिमाणको गाँजा खेती नष्ट गरिएको र अझै बाँकी रहेका स्थानको खोजी गर्न टोली परिचालन गरिएको जानकारी दिए । तस्करी सर्लाहीको अर्को समस्या हो । पहिले पनि यही जिल्लामा बसेर काम गरेको अनुभवले संभावित स्थानमा चेकजाँच कडा पारिएको छ, अब प्रहरी राजस्व बढाउने काम सक्रिय भएर लाग्नुपर्छ र बाकी रहेका सबै छोटी भन्सार खुलाउने विषयमा छलफल हुँदै छ,एसपी सुवेदीले बताए ।

Comment


Related News

Latest News

Trending News