अपडेट 
२०७९ पुष २६, मंगलवार १३:४५

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाकाे बैठक सुरु भएकाे छ । अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गरिरहनुभएकाे छ ।

आज नै प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा तीन जना स्वतन्त्र सांसदको समर्थनमा उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो  ।

Comment

Related News

Latest News

Trending News