अपडेट 
२०७९ पुष २६, मंगलवार १६:१६

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अदालतबाट जन्मकैद फैसला पाएर कारागारमा रहेका रेशम चौधरीलाई छाड्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘रेशम चौधरी र टीकापुर घटनाको सन्दर्भमा पनि रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्च प्राथमिकता दिएर लागोस् । उहाँ यसअघिको यही संसदको माननीय हुनुहुन्थ्यो ।’

नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई समर्थन गरेपनि चौधरी रिहाइको माग गरिरहेको छ । सरकारमा सहभागी हुनको लागि चौधरीलाई रिहाइ र टिकापुर घटनाको आरोपिहरुको मुद्दा खारेज हुनुपर्ने उनको अडान छ ।

Comment

Related News

Latest News

Trending News