अपडेट 
२०७९ पुष २६, मंगलवार १६:३९

मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले मधेश प्रदेशका ८ जिल्लामा रहेका सुरक्षा निकायहरूलाई २४ थान मोटरसाइकल आज हस्तान्तरण गरेको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षको ६४ लाखमा खरिद गरेका मोटरसाइकल नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोष्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले हस्तान्तरण गर्नुभयो ।

मोटरसाइकल हस्तान्तरण गर्दै गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले शान्ति सुरक्षा, विपत व्यवस्थापन तथा सहिद परिवार एवं घाइतेहरूलाई राहतसहितको कामकाज मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो ।

मधेश प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्णले प्रहरीले पाएको सवारी साधनबाट शान्ति, सुरक्षा तथा जनताको जीउ धनको रक्षा गर्न मद्दत पुग्ने बताउनुभयो ।

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले शान्ति सुरक्षा तथा विपत व्यवस्थापनमा सुरक्षा निकायहरूलाई विभिन्न प्रकारको सहयोग गर्दै आएको बताउँदै न्यानो कम्बल वितरणका लागि ८ जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा ८ लाखको दरले रकम पठाएको बताउनुभयो ।

कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि मण्डल, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक मसाउद खान, सशस्त्र प्रहरीका नायव महानिरीक्षक गणेश ठारा मगरले मन्त्रालयबाट प्राप्त भएको सवारी साधनबाट प्रहरीलाई गस्ती गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News