२०७९ पुष २६, मंगलवार १९:३८

धनुषा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने ४२ वर्षीय राजेश कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



मंगलबार बिहान करिब साढे ११ बजेको समयमा धनुषाको विदेह नगरपालिका २ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटेको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेका साहलाई रकमसहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

https://www.youtube.com/watch?v=CYDNeQF_pZo

Comment


Related News

Latest News

Trending News