अपडेट 
२०७९ पुष २७, बुधबार ०७:२३

मधेश प्रदेश सरकार गठनका लागि जनता समाजवादी पार्टी(जसपा)ले बुधवार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने भएको छ । ज

सपा संसदीय दलका नेता सरोज कुमार यादवले संघीय सत्तारुढ गठबन्धन दलहरुको समर्थनमा मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख हरीशंकर मिश्र समक्ष दाबी प्रस्तुत गर्ने जनमत पार्टी सदंसदीय दलका नेता महेशप्रसाद यादवले जनाए । ‘सरकारको नेतृत्व गर्ने विषयमा सहमति भइसकेको छ ’ उनले भने, गठबन्धनका सबै दलको सांसदहरुको समर्थन सहित जसपा दलका नेताले मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने छन् ।

मधेशमा सरकारको नेतृत्व पहिले पाउनुपर्ने अडानमा जनमत पार्टी अबेरसम्म कायमै रहेकाले मंगलवारको निर्धारित समयमा दलको नेताको दाबी प्रस्तुत गर्न नसकेको एमालेका एकजना सांसदले बताए । मुख्यमन्त्रीमा जसपाका यादवलाई एमालेका २३ जना , जसपाका १६ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ८ जना, उन्मुक्ति पार्टीका १ र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का १ जना सहित ६० जनाले समर्थन गरेका छन् । मुख्यमन्त्रीले शुक्रवार शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।तर मन्त्रीको टुंगो लागेको छैन् । समर्थन गर्ने आधा दर्जन दलहरुको सरकारमा सहभागिता रहने बताइएको छ ।उन्मुक्ति र राप्रपाका सांसदहरुपनि सरकारमा जाने भएका छन् ।

Comment

Related News