अपडेट 
२०७९ पुष २७, बुधबार ०७:४२

धनुषामा हुण्डी रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार प्रहरीले १६ लाख स्रोत नखुलेको रकमसहित पक्राउ गरेको र सो हुण्डी कारोबारमा प्रयोग भएको रकम रहेको खुलेको छ ।

विदेह नगरपालिका–२ दुहवीबाट भारत विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुरका ४२ वर्षीय राजेश कुमार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । साहमाथि शंका लागेर चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र रकम लुकाइ भारतबाट नेपालतर्फ ल्याउँदै गरेका थिए । कालो प्लाष्टिकको झोलामा स्रोत नखुलेको एक हजारको नोट ७ सय ४८ वटा, पाँच सयको नोट एक हजार ६ सय ४४ वटा, एक सयको दुई सय ६० वटा र ५० रुपैयाँका ८० वटा नोट बरामद भएको थियो । साह अहिले धनुषा प्रहरीको नियन्त्रणमा रहेका छन् । बरामद भएको रकम जनकपुर भन्सार कार्यालयमा पठाइएको जानकारीसमेत जिल्ला प्रहरी कार्यालयले दिएको छ ।उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ । त्यस्तै, वीरगञ्जबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयासहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर – १७ का १९ वर्षीय राजन कुमार साह रहेको पर्सा प्रहरीलले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २५ सिर्सिया स्थित सडकखण्डमा बि.आर. ०५ एई ३५५६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा साहले लगाएको हेलमेट तथा कालो ज्याकेट भित्र १२ लाख २० हजार फेला परेको जनाइएको छ । मोटरसाइकल सहित साहलाई नियन्त्रणमा लिइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान तथा कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

Comment


Related News