अपडेट 
२०७९ पुष २७, बुधबार ०७:४७

मलंगवा नगरपालिकामा अतिक्रमित संरचना हटाउन थालिएको छ । नगरपालिकाले मंगलबार दिउँसोबाट सडक अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काउन सुरु गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमका अनुसार मलंगवा–नवलपुर जिल्ला राजमार्ग तथा सहायक राजमार्गको सडक खण्डमा पहिलेदेखि १५ मिटर चौडाई कायम गरी निर्माण भए अनुसारबीच बजारको मुख्य सडक वडा न–९ स्थित श्रीमती कृष्णादेवी मा विदेखि नगरपालिकाको मेन चोक हुँदै वडा न–८ स्थित राजश्री सिनेमा सम्मको चौडाइलाई रेखांकन गरी सोही अनुसार निर्माण कार्य अघि बढाउन नगरकार्यपालिकाको गत पुस ५ गतेको निर्णयानुसार सडक क्षेत्र खाली गराउन लागेको छ। यसका लागि १५ दिने सार्वजनिक सूचनासमेत जारी गरिसकेको र सोको समय पनि गत पुस २२ गते नै समाप्त भइसकेको र पुनः दोस्रोपटक थप गरिएको समय समय पनि पुस २५ गते सकिएकोले मंगलबारबाट अतिक्रमण हटाएर सडक चौडा गर्ने कार्य सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए ।

उक्त अतिक्रमण हटाउने कार्य सम्बन्धित वडाका वडा अध्यक्ष लगायत सम्बन्धित घरधनी तथा स्थानीयवासी र सुरक्षाकर्मीहरुको रोहबरमा गरिरहेको सूचना अधिकृत राजकुमार अधिकारीले जानकारी दिए । नगरपालिका क्षेत्र भित्र सार्वजनिक सम्पत्तिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन,यसरी नियम मिचेर बनाइएका संरचना नगरपालिकाले भत्काउँदै जानेछ,नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बताए । नगरपालिकाले सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक पटक सूचना जारी गरे पनि स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नगर प्रमुख यादवले बताए ।

Comment


Related News

Latest News

Trending News