अपडेट 
२०७९ पुष २७, बुधबार ०७:५६

मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई २४ थान मोटरसाइकल वितरण गरेको छ । मंगलबार एक कार्यक्रमबीच प्रदेशका गृह तथा संचार मन्त्री भरतप्रसाद साहले मोटरसाइकल वितरण गरेका छन् ।

कार्यक्रममा मन्त्री साहले मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी मकसुद आलम खान र मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी गणेश ठाडा मगरलाई मोटसाइकलको साँचो हस्तान्तरण गरेका थिए । सो अवसरमा मन्त्री साहले प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश प्रहरीलाई सुविधा सम्पन्न र प्रदेशको शान्ति सुरक्षा व्यवस्था बलियो बनाउन टेवा पुग्ने गरी प्रदेश प्रहरीलाई विभिन्न प्रकारका सवारी–साधन, उपकरण तथा भौतिक पूर्वाधारमा उल्लेखनीय सहयोग गर्दै आएको दाबी गरे । प्रदेशमा आउने विभिन्न विपद् व्यवस्थापनका लागि पनि प्रदेश सरकारले प्रदेश प्रहरीलाई विगतमा विभिन्न सामग्रीहरु उपलब्ध गराएका बताउँदै मन्त्री साहले भने,‘ संविधान अनुसार प्रदेशको सुरक्षा व्यवस्था प्रदेश सरकारकै जिम्मेवारीमा छ । तर अहिलेसम्म संघीय प्रहरी समायोजन नहँुदा प्रदेश प्रहरी ऐन पारित गरे पनि गठन गर्न सकेनौ । तर पनि प्रदेश सरकारले प्रदेश प्रहरीमा प्रत्येक वर्ष लगानी गर्दै आएको छ ।

’ प्रदेश सरकारले प्रदेश प्रहरीको भौतिक पूर्वाधार तथा आधुनिकीरण गर्ने उद्देश्यले सवारी साधन, उपकरण तथा विपद् व्यवस्थापन सहितका सामग्रीहरु वितरण गर्दै आएको गृह तथा संचार राज्यमन्त्री रुवि कर्णले बताइन् । चालु आर्थिक वर्षमा ५२ लाख ५३ हजारमा खरिद गरिएको मोटरसाइकल नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोष्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई हस्तान्तरण गरिएको छ । क ा र्य त्र m म म ा मधेश प्रहरी प्रमुख मकसुद आलम खानले प्रदेश सरकारले प्रदेश प्रहरीलाई समय–समयमा भौतिक पूर्वाधारदेखि सवारी साधनसहितको क्षेत्रमा सहयोग गर्दै आएको बताए । प्रदेश सरकारको सहयोगले प्रदेश प्रहरीको क्षमतामा वृद्धि हँुदै आएको उल्लेख गर्दै डिआईजी खानले डिजेल वा पेट्रोलभन्दा पनि विद्युतीय चार्जले चल्ने गाडी वितरण हुँदा प्रहरीको खर्चमा कटौती हुने बताए । कार्यक्रममा प्रदेश मटियानी नगरपालिकाका मेयर हरि मण्डल, भंगहा नगरपालिका मेयर संजीब साहसहितको उपस्थित रहेको थियो ।

Comment


Related News