अपडेट 
२०७९ पुष २७, बुधबार १४:४२

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशसभा संसदीय दलको नेतामा अभिराम शर्मा सर्वसम्मत चयन भएका छन् ।

महोत्तरी क्षेत्र नम्बर–३ ‘ख’ बाट निर्वाचित शर्मा बुधबार दलको नेता चयन भएका हुन् । मधेस प्रदेशमा लोसपाका नौ सांसद छन् । यहाँ लोसपा प्रतिपक्ष दल हो ।

लोसपाका अर्का प्रदेशसभा सदस्य जितेन्द्र सोनलले पनि दलको नेता बन्ने गृहकार्य गरेका थिए । तर, उनी सफल हुन सकेनन् ।

Comment


Related News

Latest News

Trending News