
सुनको मूल्य बुधबार घटेको छ भने चाँदीको मूल्य स्थिर छ । मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ हजार २ सय र तेजावी सुन १ लाख २ हजार ७ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ हजार ५ सय र तेजावी सुन १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको कारोबार भने मंगलबारकै(प्रतितोला) मूल्य १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।