अपडेट 
२०७९ पुष २७, बुधबार १५:५८

काठमाडौंमा जारी नेपाल टी२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई  २४ रनले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको हो ।

लुम्बिनीले उपाधिसँगै ५० लाख रुपैयाँ प्राप्त गरेको छ । १३ खेल खेल्दा ६ खेलमा हार ब्यहोरेको उपविजेता विराटनगरले ३० लाख हात पार्यो । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाएको छ । 

एक सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा एक सय ९ रनमै समेटिएको थियो । 

Comment


Related News