अपडेट 
२०७९ पुष २८, बिहीबार ०७:४०

राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३०१ आंै जन्मजयन्ती एवम राष्ट्रिय एकता दिवस बाराको कलैयामा सम्पन्न भएको छ ।

सो अवसरमा राष्ट्रवादी मोर्चाका विभिन्न संघसंगठनहरुले पृथ्वीनारायण साहको तस्विरमा माल्यार्पण गरी दिवस मनाएका छन् । नेपाललाई एकीकरण गर्ने अभियानमा पृथ्वीनारायण शाहको अथक मेहनत एवम् परिश्रम रहेको भए पनि पछिल्लो समयमा पुस २७ गते विदा नदिने गरेका कारण उनले गरेको योगदान बिर्सने अवस्थामा मात्र पुगेका थिएन् सम्झने काम पनि बन्द भएको थियो । तर प्रचण्डको सरकारले पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर विदा दिएको हँुदा देशभरी नै उनलाई सम्झने राष्ट्रवादीहरु सक्रिय भएका छन् । राष्ट्रवादी संयतm मोर्चा र नेपाल राष्ट्रवादी संगठनको संयुतm आयोजनामा ¥यालीसहित कोण सभा गरी स्व. पृथ्वी नारायण शाहलाई स्मरण गरेका थिए । संयुतmमोर्चाका नेमीलाल पटेल, राष्ट्रवादी संघका अध्यक्ष वृजकिशोर साहले कोणसभामा पृथ्वी नारायण शाहको योगदानको बारेमा चर्चा परिचर्चा गरेका थिए ।

Comment


Related News