अपडेट 
२०७९ पुष २८, बिहीबार ०८:०७

जीतपुर सिमरा उपमहानगरपालिका को जेठो विद्यालय फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालय जीतपुरमा ब्यवस्थापन समिति गठन भएको छ ।

समितिको अध्यक्षमा वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताको अध्यक्षतामा ४ सदस्यीय समिति गठन भएको छ । समितिका सदस्यहरुमा रमेश सहनी गोडि ,अफरोज आलम अंसारी, रिँकी देबी कानु र अफताब आलम ठकुराई रहेका छन् । एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष गुप्ताले विद्यालय व्यवस्थापन समितिको घोषणा गरे । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा ऐन २०७४ को अनुसार वडा नं.७ को कार्यालयले वडा अध्यक्ष गुप्तालाई नियुक्त गरेको हो ।

औपचारिक कार्यक्रमको उद्घाटन मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले उद्घाटन गरेका थिए । कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको उप प्रमुख भोला प्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेल, नगर स्तरीय शिक्षा महाशाखाका प्रमुख शिवजी प्रसाद, शिक्षा अधिकृत हरिष भट्ट, कम्पयुटर ईन्जिनीयर संघर्ष बिडारी, निवर्तमान वडा अध्यक्ष रामबाबु गुप्ता, लोसपाका शिवजी साह सोनार लगायतको सहभागिता रहेको थियो ।

Comment


Related News