अपडेट 
२०७९ पुष २८, बिहीबार ०८:३५

नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर ४को क्षेत्रीय समितिले प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको अनुशासन विपरीत काम गरेको भन्दै डा.चन्द्रमोहन यादव र ईब्राहिम राईनलाई कारबाहीका लागि जिल्ला समितिमा सिफारिस गरेको छ ।

क्षेत्रीय सभापति कुमरकान्त झाको अध्यक्षतामा बसेको बैठकले निर्वाचनमा नेता यादव तथा राईनले नेकांका उम्मेदवार महेन्द्र यादव विरुद्ध लागेको भन्दै कारबाहीका लागि सिफारिस गरेको जनाइएको छ । नेता यादव र राईनले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठसंग रकम लिइ महेन्द्र यादवलाई पराजित गर्न चलखेल गरेको क्षेत्रीय समितिको ठहर छ । ‘चन्द्रमोहन र ईब्राहिम महेन्द्रको विपक्षमा नगएको भए उनी जित्ने निश्चित थियो’,सभापति झाले भने । यीनीहरुले महासेठको पैसा खाएर मतदाता भड्काउने काम गरेकोले नेकांको उम्मेदवार यादव पराजित भएको झाले दाबी गरेका छन् ।

Comment

Related News

Latest News

Trending News