अपडेट 
२०७९ पुष २९, शुक्रबार ०७:०५

लायन्स कल्ब अफ जितपुर सिमराले पथलैया स्थित वृद्धा आश्रमका वृद्ध–वृद्धालाई चिसो छल्न कम्बल वितरण गरेको छ ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी क्लबले १० जना वृद्धवृद्धालाई कम्बल वितरण गरेका छन् । लायन्स कल्बका संस्थापक मेल्भिन जोन्सको १४४ आँै जन्मजयन्तिको अवसरमा गरिएको सो कार्यक्रममा वृद्धवृद्धाहरुलाई कम्बल,फलफूल तथा मिठाई वितरण गरिएको लायन्स कल्ब अफ जितपुर सिमराका पूर्व अध्यक्ष संजय कुमार साहले जानकारी दिएका छन् । लायन्स कल्ब अफ जितपुर सिमराका अध्यक्ष लायन मातादिन वर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व अध्यक्षहरु लायन कृष्ण व्रत सिंह, लायन मुकुन्द बहादुर क्षेत्री,लायन संजय साह, लायन डम्बर मणी लिम्बु, उपाध्यक्ष लायन यज्ञ बहादुर आले, सदस्यहरु लायन कमला घिमिरे र लायन इन्दु ढोडारि लगायतको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News