अपडेट 
२०७९ पुष २९, शुक्रबार ०७:१३

जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले बारा जिल्लाको सुवर्ण गाउँपालिकालाई रगत परीक्षणका लागि सामग्री प्रदान गरेको छ । कवही गोठ स्थितजनस्वास्थ्य कार्यालयमा बिहीबार सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरी पालिकामै रगत परीक्षण गर्नका लागि चाहिने सबै आवश्यक उपकरणहरु प्रदान गरिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरबाट ल्याइएको सामग्रीहरु गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले जनस्वास्थ्य कार्यालय कवहीगोठका स्वास्थ्य इन्चार्जलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा अध्यक्ष यादवले प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरबाट अहोरात्र मेहनत गरेर प्रयोगशालाको सामान बुझि ल्याएको बताउँदै भने,‘ एउटा दक्ष ल्याब टेक्निसियन र साथै कार्यालय सहयोगी पनि जनकपुरधामबाट नै चाँडो भन्दा चाँडो ल्याउन प्रयास थालेको छुँ, एक महिना भित्रमा नै प्रयोगशाला संचालनमा आउनेछ।’ आजको आधुनिक युगमा आधुनिक मेसिनबाट यस गाउँपालिका र वरिपरिका नागरिकहरुलाई अब आप्mनै गाँउठाँउमा रगत सम्बन्धी जाँच सरकारी दररेटमै गर्न सकिने भएकोले ल्याबको पूर्ण सदुपयोग गर्न उनले आग्रह गरे । आगामी दिनमा पालिका स्तरीय स्वास्थ्य परीक्षण स्थापना गराउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष राम विद्या प्रसाद यादव, वडा नं. ३ का वडा अध्यक्ष रामक्षेत्री प्रसाद यादव, वडा नं. ४का वडा अध्यक्ष झकड प्रसाद यादव, वडा नं. ५का वडा अध्यक्ष रामएकबाल प्रसाद साह, वडा नं. ६ का वडा अध्यक्ष शिवधारी दास तत्मा, वडा नं. ७ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादव, वडा नं. ८का कार्यवाहक वडा अध्यक्ष जलिल मियाँ लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News