अपडेट 
२०७९ पुष २९, शुक्रबार ०७:३०

रौतहट जिल्लाको राजपुर नगरपालिका– ५ राजपुर फरहदवामा रहेका श्री जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कारबाही गर्न स्थानीय अभिभावकहरुले मांग गरेका छन ।

विद्यालयको वातावरण बिगार्नुको साथै विद्यालयको रकम हिना मिना गरेकोले प्रधानाध्यापक विजय कान्त मिश्रालाई कारबाही गर्नुको साथै सरुवा गर्नु पर्ने माग स्थानीयवासीहरुले अघि सारेका छन् । नमूना विद्यालयको श्रेणीमा परेका श्री जनता माध्यमिक विद्यालयमा भवन निर्माण गर्नका लागि नेपाल सरकारको शिक्षा मन्त्रालयबाट आएको रकममा प्रअ मिश्राले अनियमितता गरेको स्थानीय जय मंगल साहको आरोप रहेको छ । आर्थिक बर्ष २०७७÷०७८ मां नयाँ भवन निर्माण गर्नका लागि रकम आउँदा भत्काइएको पुरानो भवनको इट , काठको झ्याल ,ढोका , कड़ी समेत गायब गरेको नेपाली कांग्रेसका वड़ा अध्यक्ष प्रत्याशी पोषण साहले बताए । १७ सय विद्यार्थी रहेको सो विद्यालयमां एउटा पनि शौचालय सञ्चालनमां नरहेकोले अध्ययन गर्ने छात्र–छात्रालाई शौच गर्न आफ्नो घरमा जानू पर्ने बाध्यता रहेको गुनासो समेत साहले पोखे । विद्यालयको कार्यालय सञ्चालन भएको भवनको छतमाथि रक्सी र विभिन्न कंम्पनीको बीयरको खाली बोतल फेला पर्नुले विद्यालयलाई रक्सी पसलको रुपमा प्रयोग गर्दै आएको आरोप समेत लगाइएको छ । शिक्षक कर्मचारीहरुले निजी प्रयोगको लागि राखेको शौचालय सञ्चालनमां रहेको छ भने विद्यार्थीहरुले प्रयोग गर्ने शौचालय भासिएको अवस्थामां रहेको स्थानीय राजन साहले बताए । राजन साहका अनुसार विद्यालयमां भवन निर्माणको लागि आएको करिब १ करोड़ रुपैयाँ हिना मिना भएको छ जसको छानबिनको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमां उजुरी समेत परेको छ ।

विद्यालयमां शुद्ध खानेपानीको अभाव समेत रहेको छ । शिक्षक कर्मचारीहरु समयमा कक्षा कोठामा नजाने गरेको कारण त्यहाँको शिक्षाको अवस्था दयनीय रहेको छ । पूर्व मंत्री महमद आफताब आलमको गाँउमा रहेको सामुदायिक विद्यालयको अवस्था जर्जर हुनु दुखद कुरो रहेको स्थानीयहरुको टिपण्णी छ । विद्यालयमां भएको विबादको विषयमां जानकारी भएको हुँदा आपूmले अनुसन्धान गरिरहेको राजपुर नगरपालिकाका प्रमुख डाक्टर राजिक आलमले बताए । आफ्नो पालामा विद्यालयमां पठाएको ३० लाख रुपियाँ के कुन कार्यमा खर्च भएको भने विषयमा प्रधानाध्यापक संग सोध्ने समेत मेयर आलमले बताए । स्थानीयहरुले विद्यालयमा भएको अनियमितताबारे खोजबीन गर्दा प्राध्यानध्यापक मिश्राले आफूमाथि अभद्र व्यव्हार गरेको भन्दै प्रहरीमां उजुरी समेत गरेको मिश्राले आफ्नो आईडीबाट सामाजिक संजाल फेसबुकमा गरेको पोष्टबाट बुझिएको छ । यता प्रअ मिश्रासंग यसबारे बुझ्न खोज्दा उनले कुनै प्रतिक्रिया दिएनन् ।

Comment

Related News

Latest News

Trending News