अपडेट 
२०७९ पुष २९, शुक्रबार १६:३९

मधेश प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह चयन हुनुभएको छ । शुक्रबार भएको दलका नेताको निर्वाचनमा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री समेत रहेका साहले ६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

त्यस्तै, संसदीय दलको दाबेदारी प्रस्तुत गरेका युवराज प्रसाद भट्टराईले ३ मत पाउनुभएको थियो । मधेश प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ९ सांसद छन् ।

Comment

Related News