अपडेट 
२०७९ पुष ३०, शनिबार ०६:४९

मधेश प्रदेशको सभामुखका लागि सत्तासीन गठबन्धनको तर्फबाट एमालेका नेता रामचन्द्र मण्डलले शनिबार उम्मेदवारी दिने भएका छन् ।

सभामुखको उम्मेदवारीका लागि प्रदेश सभा सचिवालयले ३० गते तोकेको छ ।एमालेका मण्डल सभामुख चयन हुने निश्चित छ ।गठबन्धनको पक्षमा ७२ जना बढी सांसद रहेका छन् । सभामुखमा भने कांग्रेसले पनि उम्मेदवार उठाउने दलका नेता कृष्णा यादवले जनाए । कांग्रेस संसदीय दलको शनिबार बिहान १० बजे बस्ने बैठकले उम्मेदवारको टुंगो लगाउने उनले बताए ।

Comment

Related News

Latest News

Trending News