अपडेट 
२०७९ पुष ३०, शनिबार ०६:५२

महोत्तरी जिल्लाको मटिहानी स्थित लक्ष्मीनारायण मठका मानमहन्थ जगन्नाथ वैष्णवलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ ।

रुपन्देही जिल्ला अदालतले शुक्रबार दासको मुद्दाको सुनुवाई गर्दै पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । महन्थ दासले सहायक सिडियोको हस्ताक्षर किर्ते जालसाजी गरी बैंकबाट रकम झिकेको अभियोगमा पक्राउ परेका थिए । उनले ७५ लाख भन्दा बढी रुपैया बैंकबाट किर्ते जालसाजी हस्ताक्षर गरी झिकेका थिए । छानविनको क्रममा पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुक्रबार अदालतमा पेश गरेका थियो । उनले अर्बौं रुपैयाको जग्गा जनकपुरधाम लगायत विभिन्न जिल्लाहरुमा अवैध रुपमा विक्री गरेको आरोप छ । जग्गा विवादकै कारण उनका भतिजा लालकिशोर झालाई गोली हानी हत्या गरेको थियो ।

https://www.youtube.com/watch?v=lMUBG9jiTu0&t=186s

Comment


Related News

Latest News

Trending News