अपडेट 
२०७९ पुष ३०, शनिबार ०८:०६

मधेश प्रदेशको नव नियक्त मन्त्रिपरिषद् को बैठकमा तीन वटा निर्णय भएको छ ।

शुक्रबार सपथ ग्रहण गरेका उनीहरुको पहिलो बैठकले तीन वटा निर्णय गरेको छ । हरेक सरकारी कार्यालयमा गुनासो पेटिका राख्ने, प्रत्येक पालिकामा दाउरा वितरण गरिने र अघिल्लो सरकारले पाँच वर्षमा गरेका कामकाजहरुको समीक्षा गर्न उच्च स्त्तरीय समिति गठन गरिएको छ। प्रदेश सरकारले पहिलो कार्यकालमा गरेका कामहरुको मूल्याङ्कन तथा समीक्षा गर्न सो समिति गठन गरिएको छ । १५ दिनभित्र सो समितिले सरकारलाई प्रतिवेदन बुझाउने छ । यसका साथै मधेशमा शीतलहरबाट नागरिकलाई बचाउन प्रत्येक पालिकालाई दाउरा वितरण गर्नेसमेत निर्णय गरिएको छ । मधेश सरकार मातहतका प्रत्येक सरकारी कार्यालयमा गुनासो पेटिका राख्ने सेवालाई सहज बनाउनु पत्राचार गर्ने निर्णय पनि भएको जनाइएको छ ।

Comment

Related News

Latest News

Trending News